सदस्य–सचिव दाहालद्वारा पदस्थापन

काठमाडौ‌, फागुन २२ । राष्ट्रिय प्रकृति संरक्षण कोषका नवनियुक्त सदस्य–सचिव यज्ञनाथ दाहालले पदस्थापन गरेका छन् ।

कोषको कार्यालयमा मंगलबार पद बहालीपछि सदस्य–सचिव दाहालले कोष स्थापनाको उद्देश्य प्राप्तिमा सम्पूर्ण कार्यक्रम, बजेट र समूह अधिकतमरुपमा परिचालन गर्ने प्रतिबद्धता व्यक्त गरे । यसअघि उनी वन तथा वातावरण मन्त्रालयको वातावरण तथा जैविक विविधता महाशाखाको प्रमुख रहेका छन्् ।

याे पनि पढ्नुस  आधारभूत स्वास्थ्य सेवा निःशुल्क : उपप्रधानमन्त्री

कोष ऐन, २०३९ को पछिल्लो संशोधनअनुसार प्रधानमन्त्री कोषको संरक्षक हुने र वन तथा वातावरणमन्त्री कोषको अध्यक्ष हुने व्यवस्था छ । वनमन्त्री शक्तिबहादुर बस्नेतले दाहाललाई यही फागुन १७ गते मन्त्रिस्तरीय निर्णयबाट अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि कोषको सदस्य–सचिव पदमा मनोनयन गरेका हुन् ।

याे पनि पढ्नुस  ‘मिथिलाञ्चल तराई प्रदेश’ घोषणा गर्नुपर्नेमा जोड

जैविक विविधता संरक्षणमा लामो अनुभव सङ्गाल्नु भएका दाहालले यसअघि विभिन्न जिल्ला वन अधिकृत, वन अनुसन्धान विभागमा उपमहानिर्देशक तथा तत्कालीन क्षेत्रीय वन निर्देशनालयमा अनुगमन तथा मूल्यांकनको जिम्मेवारी र मन्त्रालयका विभिन्न महाशााखाको जिम्मेवारी सम्हाली सकेको छ । रासस

कमेन्ट गर्नुहोस्