युद्ध सङ्ग्रहालय शक्तिखोरमा बनाउनुपर्नेमा जोड : अध्यक्ष प्रचण्ड

चितवन, फागुन २२ । तत्कालीन माओवादी लडाकुको तेस्रो डिभिजन रहेको शक्तिखोर क्षेत्रमा युद्ध सङ्ग्रहालय बनाउनुपर्नेमा जोड दिइएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन वा रोल्पामा युद्ध सङ्ग्रहालय बनाउने जनाएलगत्तै यहाँको स्थानीय तहले शक्तिखोरमा सङ्ग्रहालय बनाउनुपर्नेमा जोड दिएको हो ।

तेस्रो डिभिजन रहेको ठाउँ हाल कालिका नगरपालिकामा पर्दछ ।

सो नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले अध्यक्ष प्रचण्डले दुई जिल्लामध्ये जहाँ जग्गा उपलब्ध हुन्छ, सोही ठाउँमा सङ्ग्रहालय बनाउने जनाएको भन्दै शक्तिखोरमा जग्गा उपलब्ध गराउन सकिने बताए । जनयुद्ध र त्यसपछिको शान्ति प्रक्रियाका क्रममा शक्तिखोरको भूमिका महत्वपूर्ण रहेको भन्दै उनले युद्ध सङ्ग्रहालय बनाउन उपयुक्त हुने बताए ।

याे पनि पढ्नुस  चितवन दूधमा आत्मनिर्भर

सो क्षेत्रका प्रदेशसभा सदस्य घनश्याम दाहालले युद्ध सङ्ग्रहालय शक्तिखोरमा बनाउन उपयुक्त हुने बताए । स्वदेशी र विदेशी पर्यटकका लागि सङ्ग्रहालय महत्वपूर्ण हुने भन्दै उनले चितवन मध्यभागमा रहेकाले पनि सङ्ग्रहालय बनाउँदा सबैले सहज रुपमा अवलोकन गर्नसक्ने बताए ।

मुख्यरुपमा सशस्त्र द्वन्द्वका समयमा प्रयोग भएका हातहतियार, बन्दोबस्तीका सामान, आक्रमणका रणनीतिक दस्तावेज लगायत संकलन गरेर सङ्ग्रहालय बनाउन लागिएको हो ।

याे पनि पढ्नुस  फुड फेष्टिवलको निम्ता बाड्दै सौरेली रेवान देशदौडाहमा

शक्तिखोरमै कालिका पर्यटन विकास समितिक अध्यक्ष हिम्त पुरीले पनि समग्र पूर्वी चितवनको पर्यटन विकसमा नयाँ प्याकेजका रुपमा स्थापितसँगै माओवादी जनयुद्ध बारेमा जानकारी दिन तेश्रो डिभिजिननै रहेको शक्तिखोर उपयुक्त हुने बताए । यसलाई नेकपा अध्यक्ष प्रचण्डले समेत बनाउन कुरा प्रतिवद्धता जनाए अनुसार छिटो घोषणा गरी काम अगाडी बढाउन माग समेत गरे ।

याे पनि पढ्नुस  भरतपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु, मेयर दाहालद्वारा उद्घाटन

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले चितवन देशकै मध्यभागमा रहेको र विदेशी पर्यटकसमेतको आवतजावत बढी हुने भएकाले शक्तिखोरमा सङ्ग्रहालय बनाउनुपर्ने विचार राखे । जिल्लाको पर्यटकीय क्षेत्र सौराहा नजिकै शक्तिखोर रहेकाले पनि युद्ध सङ्ग्रहालय शक्तिखोरमा उपयुक्त हुने उनले बताए ।

कमेन्ट गर्नुहोस्