काठमाडौं, फागुन २२ । प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालको सीसीयुमा भर्ना भएका छन्।
नियमित मेडिकल जाँचका लागि बुधबार बिहान अस्पताल पुगेका उनको रगत, इसिजी, एक्सरे सहितका जाँचपछि कार्डियाक केयर युनिट (सीसीयु) भर्ना गरिएको हो । उनको शिक्षण अस्पतालस्थित मनमोहन कार्डिओथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको छ।
प्रधानमन्त्री ओलीलाई नियमित स्वास्थ्य जाँचका लागि अस्पताल भर्ना गरिएको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । ओलीले यो वर्षको नियमित चेकअपका लागि थाइल्यान्ड जानुपर्ने तालिका थियो । व्यस्थताले सम्भव नभएपछि त्रिवि शिक्षण अस्पतालमै भर्ना गरिएको उनकी निजी चिकित्सक डाक्टर दिव्या सिंहले जानकारी दिइन्।
बुधबार जाँच गरिएका रगत, इसिजीसहित अन्य परीक्षणको रिपोर्ट आउन कम्तिमा २४ घन्टा लाग्नेछ। त्यतिन्जेलस्म उनी अस्पतालमै रहने छन् ।
६७ वर्षीय प्रधानमन्त्री ओलीका दुवै मृगौला प्रत्यारोपण गरिएका हुन्। उनी मृगौला तथा फञ्गल म्यानेजाइटिसका औषधि नियमित सेवन गर्छन्। यसअघि गत कार्तिकमा पनि श्वाशप्रश्वासमा समस्या देखिएपछि प्रधानमन्त्रीलार्इ अस्पताल भर्ना गरिएको थियो ।