Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

हेलिकोप्टर दुर्घटनाः पेस्तोलबाट ३ राउण्ड गोली पड्किए

ताप्लेजुङ, फागुन २२ । सेना र प्रहरीको संयुक्त टोलीले ताप्लेजुङ हेलिकोप्टर दुर्घटना स्थलबाट पर्यटनमन्त्री रवीन्द्र अधिकारीका अंगरक्षक अर्जुन घिमिरेका साथमा रहेको पेस्तोल फेला पारेको छ।

सेनाको टोलीले जलेको अवस्थामा हेलिकोप्टरको भग्नावशेष तल च्यापिएको अवस्थामा पेस्तोल फेला पारेको हो । दुर्घटना स्थलमा पेस्तोल खोज्न परिचालन भएका एक प्रहरी अधिकारीका अनुसार हेलिकोप्टर पहाडमा ठोक्किएर बल्न थालेपछि जमदार घिमिरेका साथमा रहेको पेस्तोलका तीन राउण्ड गोली पड्किएको निष्कर्ष सुरक्षा टोलीले निकालेको छ ।

सेना र अस्थाई प्रहरी चौकी माथिल्लो फेदी टोलीले घटनास्थलबाट १ थान पेस्तोल, २ थान म्याग्जिन, ३ थान साबुत गोली, ३ वटा खोका र मोबाईल जलेको अवस्थामा फेला पारेको छ ।

बरामद खोकाले पेस्तोल पड्किएको अनुमानलाइ अधार दिएको हो । ताप्लेजुङ प्रहरी प्रमुख डिएसपी सञ्जयसिंह थापाले घिमिरेको साथमा रहेको पेस्तोल जलेको अवस्थामा फेला परेको स्रोतलाई जानकारी दिएका छन् । उनले बरामद पेस्तोल सेनाले लिएर गएको जानकारी दिए।

दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणका इन्जिनियर ध्रुवदास भोछिभया, उड्डयन व्यवसायी आङछिरिङ शेर्पा, नेपाली सेनाका जमदार घिमिरेसहित ७ जनाले ज्यान गुमाएका थिए।

फागुन १५ गते ताप्लेजुङ, फुङलिङ–१० तारेभिरको पहाडमा ठोक्किएर एयर डाइनेस्टी हेली सर्भिसको हेलिकोप्टर एएस ३५० दुर्घटना भएको थियो । नेपालखबरबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: