टीकापुर घटनाः रेशम चौधरीलाई जन्मकैदको फैसला

कैलाली, फागुन २२ । जिल्ला अदालत कैलालीले टीकापुर हत्याकाण्डमा संघीय सांसद रेशम चौधरीलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको छ ।

बुधबार न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले चौधरी लगायत ११ जनालाई दोषी ठहर गदैँ यस्तो फैसला गरेको हो । जिल्ला अदालतको फैसला अनुसार जन्मकैद हुनेमा रेशमलाल चौधरी, हरिनारायाण चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, बृजमोहन डगौरा, राजेश चौधरी, वीरबहादुर चौधरी, प्रदीप चौधरी, विद्रोह सिताराम चौधरी, श्रवण चौधरी र गंगाराम चौधरी रहेका छन् । यस्तै जिल्ला अदालत कैललालीले श्रवण चौधरीको हकमा भने नाबालक भएकाले सजाय आधा गर्दै १० वर्षमात्र कैद हुने फैसला गरेको छ ।

यसैगरी अदालतले सो घटनामा दोषी भएको आरोपमा जेलमा रहेका २७ जनामध्ये ११ जनालाई जन्मकैद, १२ जनालाई तीन वर्षको कैद र तीनजनालाई पूर्ण सफाइ दिने फैसला गरेको हो ।

कमेन्ट गर्नुहोस्