हिन्दू समुदायबारे अपमानजनक टिप्पणी गर्ने मन्त्री हटाइए

काठमाडौं, फागुन २२। हिन्दु समुदायबारे आपत्तिजनक अभिव्यक्ति दिएका पाकिस्तानको पञ्जाब प्रान्तका सूचना र संस्कृतिमन्त्री फैयाज अल हसन चौहानको मन्त्रीपद गुमेको छ ।

पञ्जाबका मुख्यमन्त्री सरदार उस्मान बुजदारले फैयाज चौहानलाई बोलाएर सोधपुछ गरेका थिए । लगतै उनले राजीनामा दिएका छन् । चौहानलाई प्रधानमन्त्री इमरानकै निर्देशनबाट राजीनामा दिन भनिएको बताइएको छ ।

मुख्यमन्त्रीको तर्फबाट जारी बयानमा इमरान खान नेतृत्वको पाकिस्ताान तहरिक-ए-इन्साफ पार्टीले कुनै प्रकारको भेदभाव स्वीकार्य नगर्ने उल्लेख छ ।

चौहानले लाहौरको एउटा आमसभामा हिन्दू समुदायबारे आपत्तिजनक टिप्पणी गरेका थिए । उनले हिन्दूहरूले गाईको पिसाप सेवन गर्ने र भारत हिन्दूको देश भएकाले उसलाई पकिस्तानले सजिलै हराउनसक्ने भनेका थिए ।

उनको यस बयानपछि त्यहाँको सामाजिक संजाल एवं राजनीतिक वृत्तमा उनको कडा आलोचना भएको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: