Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षणस्थल पुनर्निर्माण गर्न लागेको आशंका

काठमाडौं, फागुन २२ । उत्तर कोरियाले नष्ट पार्ने प्रतिबद्धता जनाएको एउटा क्षेप्यास्त्र प्रक्षेपणस्थललाई पुनर्स्थापित गर्न लागेको भू-उपग्रहबाट प्राप्त नयाँ तस्बिरहरूले देखाएका छन्।

उत्तर कोरियाली र अमेरिकी नेताहरूबीचको वार्ता निरस्त्रीकरणबारे कुनै सहमतिमा नपुगी टुङ्गिएको दुई दिनपछि ती तस्बिरहरू खिचिएका हुन्।

उत्तर कोरियाले डोङ्चाङ-नी प्रक्षेपणस्थलबाट भू-उपग्रह तथा इन्जिनको परीक्षण गर्दै आएको भए पनि बलिस्टिक क्षेप्यास्त्र प्रक्षेपणका लागि त्यसको कहिल्यै प्रयोग गरेको थिएन।

सो प्रक्षेपणस्थललाई नष्ट पार्ने कार्य गत वर्ष थालिएको थियो। तर संयुक्त राज्य अमेरिकासँगको वार्ता अवरुद्ध भएपछि त्यो काम काम रोकियो ।

त्यसलाई नष्ट पार्ने उत्तर कोरियाको प्रतिबद्धतालाई प्योङ्याङ र वाशिङ्टनबीच विश्वासको वातावरण बनाउने कदमका रूपमा हेरिएको थियो।

यसैबीच अमेरिकाले निरस्त्रीकरणका लागि प्योङ्याङले कदमहरू नचाले उसले थप प्रतिबन्धहरूको सामना गर्नुपर्ने चेतावनी दिएको छ।

कैयौँ अमेरिकी ‘थिङ्क ट्याङ्क’ र दक्षिण कोरियाली गुप्तचर निकायहरूबाट प्राप्त भू-उपग्रहीय प्रमाणका अनुसार डोङ्चाङ-नीस्थित सुरहेमा रकेट प्रक्षेपणका लागि प्रयोग हुने प्याडमाथि संरचनाहरूको विकास तीव्र गतिमा भइरहेको छ।

गत जुलाईमा सार्वजनिक तस्बिरहरूमा चाहिँ उत्तर कोरियाले उक्त प्रक्षेपणस्थललाई नष्ट गर्न लागेको देखिएको थियो।

सन् २०१२ देखि सुरहे उत्तर कोरियाको भू-उपग्रह प्रक्षेपण गर्ने प्रमुख स्थलका रूपमा रहिआएको छ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: