गौतम बुद्ध क्रिकेट रंगशाला लागि सत्य–स्वरुपले गाए गीत (भिडियोसहित)

काठमाडौं, फागुन २२ । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर–१५, रामपुरमा निर्माण हुन लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानमा सुप्रसिद्ध गायकद्वय सत्य–स्वरुपराज आचार्य जोडिएका छन् ।

बुधबार धुर्मुस–सुन्तली फाउण्डेशनले रङ्गशालाका लागि गीत उपहार दिँदै अभियानमा जोडिएको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले जानकारी दिए ।

सत्य–स्वरुपले धुर्मुस सुन्तली फाउण्डेशनको परियोजनाका लागि क्रिकेटसम्बन्धी गीत उपहार दिएका हुन् । युद्धको मैदान’ बोलको गीतलाई सत्य–स्वरुपले आफैले संगीत दिएका हुन् भने शब्द पनि आफैले लेखेका हुन् । धुर्मुस–सुन्तलीको अफिसियल युट्यूब च्यानलबाट सार्वजनिक गरिएको गीतमा बन्न लागेको क्रिकेट रङ्गशालाका दृश्यहरु समावेश गरिएको छ ।

कमेन्ट गर्नुहोस्