Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

मन्त्री पण्डित भन्छन्, ‘हल्लेर बस्न चाहने कर्मचारीले मात्रै समायोजन प्रक्रियाको विरोध गरे’

काठमाडौं, फागुन २२ । संंघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले फागुन महिनाभित्र कर्मचारी समायोजनको काम सम्पन्न गरिने बताएका छन् ।

मन्त्री पण्डितले संघ, प्रदेश र स्थानीय तहमा ५५ हजार कर्मचारी समायोजनको काम सम्पन्न गरिएको पनि जानकारी दिए । बुधबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै उनले काठमाण्डौमा हल्लेर बस्न चाहने कर्मचारीहरुले मात्रै समायोजन प्रक्रियाको विरोध गरेको दाबी पनि गरे ।

मन्त्री पण्डितले कर्मचारी समायोजनको काम सकिनेबित्तिकै २० हजार नयाँ कर्मचारी भर्ना गर्ने घोषणा पनि गरे । मन्त्री पण्डितले कर्मचारी समायोजनको काम नसकिएकाले नयाँ कर्मचारी भर्ना प्रक्रिया सुरु गर्न ढिलाइ हुन गएको पनि स्पष्ट पारे ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: