समायोजन सकिएलगत्तै २० हजार नयाँ कर्मचारी भर्ना हुन्छन्ः मन्त्री पण्डित

काठमाडौं, फागुन २२ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले फागुन महिनाभित्र कर्मचारी समायोजनको काम सम्पन्न गर्ने बताएका छन् । उनले संघ, प्रदेश र स्थानीय तहमा ५५ हजार कर्मचारी समायोजनको काम सम्पन्न गरिएको पनि जानकारी दिए।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले काठमाडौंमा हल्लेर बस्न चाहने कर्मचारीहरूले मात्रै समायोजन प्रक्रियाको विरोध गरेको दावी पनि गरे।

मन्त्री अधिकारीले कर्मचारी समायोजनको काम सकिने बित्तिकै २० हजार नयाँ कर्मचारी भर्ना गर्ने घोषणा पनि गरे। मन्त्री पण्डितले कर्मचारी समायोजनको काम नसकिएकाले नयाँ कर्मचारी भर्ना प्रक्रिया सुरु गर्न ढिलाई हुन गएको पनि स्पष्ट पारे।

कमेन्ट गर्नुहोस्