Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सांस्कृतिक विविधता नेपालको पहिचानः प्रधानमन्त्री केपी ओली

काठमाडौं, फागुन २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले सांस्कृतिक विविधता नेपालीको पहिचान भएको बताएका छन् ।

ग्याल्बो ल्होसारको उपलक्ष्यमा बिहीबार एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गरेका हुन् । प्रधानमन्त्री ओलीले नेपालको भूगोलमा १२५ जाति र १२३ भाषा बोल्ने मानिसको बसोबास हुनु आफैँमा गौरवको विषय भएको उल्लेख गरे ।

‘नेपाल आफैँमा एउटा सङ्ग्रहालय हो । यस भूगोलमा यति धेरै सांस्कृतिक विविधता छ, जो अन्यत्र पाइँदैन”, प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ, “यी विविधतालाई संरक्षण गर्न सरकार सधैँ सकारात्मक छ ।”

प्रधानमन्त्री ओलीले ग्याल्बो ल्होसार मनाउने सबै समुदायलाई सुख, शान्ति र उत्तरोत्तर प्रगतिको कामना पनि गरेका छन् । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: