Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

कपिलवस्तुमा विप्लवका कार्यकर्तामाथि प्रहरीको गोली प्रहार

कपिलवस्तु, फागुन २३ । प्रहरीले कपिलवस्तुमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्तामाथि गोली प्रहार गरेको छ।

बिहीबार बिहान प्रहरीले विप्लवका कार्यकर्तामाथि गोली प्रहार गरि आधुनिक हतियार समेत बरामद गरेको

प्रहरीको गोली लागेर शिवराज नगरपालिका(९, का नेकपाका कार्यकर्ता दुर्गबहादुर रोका घाइते भएका भएका छन् । उनको घरमा हतियार रहेको सूचनाका आधारमा खानतलासी गर्न प्रहरी पुगेपछि उनी भाग्न खोजेपछि प्रहरीले गोली चलाएको बताएको छ।

रोकाको घरबाट प्रहरीले दुईवटा सर्ट मेशिन गन एसएमजी, ३ थान म्यागजिन र एउटा चाइनिज पेस्तोल बरामद गरेको छ।

प्रहरीले घटनाको पुष्टि नगरे पनि प्रत्यक्षदर्शीले रोकाको खुट्टामा गोली लागेको बताएका छन्। उनको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको र अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

प्रहरीले अर्को घरमा खानतलासी गर्दा भने स्थिति तनावपूर्ण बनेको स्थानीयबासिन्दाले जानकारी दिएका छन् । नेपालखबरबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: