Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

टीकापुर घटनाका अभियुक्तमाथि जन्मकैदको फैसलाले जनता उत्साहित

कैलाली, फागुन २२ । कैलालीको टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसलापछि कांग्रेस नेता जगदिश्वरनरसिंह केसीले सन्तोष व्यक्त गरेका छन् ।

नेता केसीले भने, ‘बिभत्स सो घटनाका मुख्य अभियुक्त चौधरीसहित ११ जनामाथि जो फैसला भयो, यसले पीडितलाई थोरै भएपनि राहत महसुस गराएको छ । यसले न्याय बाँचेको सन्देश पनि प्रवाह गरेको छ ।’

नेता केसीले अदालतको फैसलाविरुद्ध आन्दोलन गर्ने, बिद्रोह गर्ने किसिमका धम्की नदिन राजपालाई सुझावसमेत दिए । उनले भने, ‘लोकतन्त्रमा अदालतको सम्मान गर्नुस् । शक्तिको आडमा अदालतलाई प्रभाव पार्न खोज्नु गलत हो । हत्या, हिंसा, बलात्कार जस्ता जघन्य अपराधका घटनामा जातभातका कुरा उठाएर गिजोल्न खोज्ने ?’

राजपा नेता राजेन्द्र महतोले हलुका रुपमा जथाभावी बोल्दै अनावश्यक टिप्पणी गरेको भन्दै उनले उच्छृङ्खल नबन्न महतोलाई सुझावसमेत दिए । उनले राजपाका अन्य नेताहरु भद्र र संयम देखिएपनि महतो भने केटाकेटी शैलीमा प्रस्तुत भैरहेकोमा आपत्ति समेत जनाए । उनले राजनेता बन्ने हिसाबले अघि बढ्न महतोलाई आग्रह समेत गरे ।

चौधरीको बिषयलाई लिएर राजपा वा अरु कसैले आन्दोलन गरे त्यो प्रत्युपादक हुने चेतावनी समेत उनले दिए ।

जिल्ला अदालतले चौधरीसँगै हरिनारायण चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, वृजमोहन डगौरा, रनजेश चौधरी, वीरबहादुर चौधरी, प्रदिप चौधरी, विद्रोह भन्ने सीताराम चौधरी, श्रवण चौधरी र गंगारमक डगौरा चौधरीलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलको १३ (३०) अनुसार जन्दकैलको सजाय सुनाएको हो । उनीहरुमध्ये श्रवण नावालक भएकाले बालबालिकासम्बन्धी ऐन २०४८ को दफा ११(३) अनुसार १० वर्षमात्र कैद हुने छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: