Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

रंगशाला निर्माणका लागि काँग्रेस प्रवक्ता शर्माको सहयोग

काठमाडौं, फागुन २३ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणका लागि आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।

श्रीमति कविता शर्मासँग विवाह भएको १६औं वर्षको अवसर पारेर उनले धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस)लाई सहयोग हस्तान्तरण गरेका हुन् । विवाह भएको १६औँ वर्षगाँठमा उनले क्रिकेट रंगशाला निर्माण गर्न १६ हजार रुपैँया नै सहयोग गरेका छन् । सहयोग हस्तान्तरण गर्दै उनले यस्तै अवसरमा हुने खर्चको जोहो गरेर सबैले सानो सानो सहयोग गरे नेपालमा छिट्टै अन्र्तराष्टियस्तरको रंगशाला निर्माण हुने विश्वास व्यक्त गरे ।

प्रत्येक नागरिकले देश बनाउने कर्तव्य मेरो हो भन्ने अनुभुत गरेमा देशको विकास हुन समय नलाग्ने भन्दै उनले रंगशाला निर्माणका लागि सकेको सहयोग गर्न सबैमा आव्हान पनि गरेका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: