Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

विप्लवका कार्यकर्तामाथि गोली प्रहार

काठमाडौ‌ं, फागुन २३ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्तामाथि प्रहरीले गोली चलाएर पक्राउ गरेको छ ।

कपिलवस्तुको शिवराज नगरपालिका–९ का दुर्गाबहादुर रोकाको घरमा खानतलासी गर्नेक्रममा उनी भागेपछि प्रहरीले गोली प्रहार गरेको हो।

प्रत्यक्षदर्शीका अनुसार प्रहरीले उनलाई खुट्टामा गोली हानेर पक्राउ गरेको जनाएका छन्। रोकाको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

उनको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ। रोकाको घरबाट प्रहरीले दुईवटा सर्ट मेशिन गन एसएमजी, ३ थान म्यागजिन र एउटा चाइनिज पेस्तोल बरामद गरेको छ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: