Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

ग्याँस पड्केर भीषण आगलागी

काठमाडौं, फागुन २३ । काठमाडौंको बसन्तपुरस्थित मख्खन गल्लीमा ग्यास सिलिन्डर पड्कदा भीषण आगलागी भएको छ।

बसन्तपुरको मख्खान गल्लीको यट्खा टोलको एक एक घरमा ग्यास पड्केर भएको आगलागी फैलिएर अहिले ३ वटा घरमा पुगिसकेको उद्धारमा खटिएका प्रहरीले जनाएका छन्।

प्रहरीका अनुसार अहिलेसम्म ९ वटा ग्यास पड्किसकेका छन् ।

आगलागीबाट एक घर पूर्णरुपमा क्षतिग्रस्त बनेको छ भने दुईवटा घरमा लागिरहेको आगो अहिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: