Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

तराईका २६ प्रतिशत महिलामा पाठेघर खस्ने समस्या

काठमाडौँ, फागुन २३। तराईका महिलाहरूमा पाठेघर खस्ने समस्या निकै बढी भएको एउटा अध्ययनले देखाएको छ।

नेपाल–भारत सहयोग कार्यक्रम अन्तर्गत हेल्दी नेपाल कम्युनिटी फाउन्डेसनले तराईका नौ जिल्लामा गरेको स्वास्थ्य परीक्षण र उपचार सहितको अध्ययनमा यो तथ्याङ्क बाहिर आएको हो ।

अध्ययनले सार्वजनिक गरेको तथ्यांक अनुसार  २६ प्रतिशत महिलामा पाठेघर खस्ने समस्या रहेको पाइएको छ ।
फाउन्डेसनकी कार्यक्रम संयोजक डा. सदीक्षा गिरीले दिएको जानकारी अनुसार तराईका सप्तरी, सिरहा, धनुषा, सर्लाही, रौतहट, बारा, चितवन, मकवानपुर र नवलपरासी गरी नौ जिल्लाका ४५ हजार महिलाको सन् २०१६ देखि २०१८ सम्म अध्ययन गरिएको थियो।

उनले पहिलो चरणमा नौ वटै जिल्लामा पुगेर महिला स्वास्थ्य समस्याका विषयमा जनचेतनामुलक सन्देश मार्फत समाजमा व्याप्त अन्धविश्वास, लाज, सङ्कोच, अवहेलना र रुढीवादी संस्कारलाई चिर्दै तथ्याङ्क सङ्कलन गरिएको बताइन्।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: