Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

छात्रा बलात्कार आरोपमा शिक्षक पक्राउ

रुकुम पश्चिम, फागुन २३ । आफूले अध्ययन गराउँदै आएको एक छात्रालाई बलात्कार आरोपमा शिक्षक पक्राउ परेका छन् ।

जिल्लाको सानीभेरी गाउँपालिका–९ सिम्लीमा रहेको राप्ती ज्ञानोदय माध्यामिक विद्यालयको प्राविधिक धारमा कार्यरत २३ वर्षीय शिक्षक प्रकाश खड्का आफ्नै छात्रालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका हुन् ।

गत मंगलबार गाउँमा भैंसी बिरामी भएको र त्यसको उपचार गर्न जाऔँ भन्दै शिक्षक खड्काले ती छात्रालाई मोटरसाइकलमा राखेर लगेका थिए । गाउँ पुग्नु अगावै बाटोमा पर्ने जंगलमा आफूलाई बलात्कार गरेको उजुरी छात्राले प्रहरी समक्ष गरेकी छन् ।

मंगलबार नै ती छात्राले प्रहरी चौकी सिम्लीमा उजुरी गरेकी थिइन् । उजुरी गरे लगत्तै नियन्त्रणमा लिइएका खड्कामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: