Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

यामाहा एक्सटीजी १२५ मोटरसाइकल नेपालमा, हेर्नुस् मूल्य र विशेषता

काठमाडौं, फागुन २३ । बहुप्रतीक्षित अफरोड मोटरसाइकल यामाहा एक्सटीजी १२५ नेपाली बजारमा ल्याइएको छ । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले यामाहा एक्सटीजी १२५ नेपालमा ल्याएको हो ।

‘मेक योर ओन रोड’ अर्थात् ‘आफ्नो बाटो आफैं बनाउनुस्’ नारासहित सार्वजनिक गरिएको एक्सटीजी १२५ पहिलो पटक नाडा अटो शोको पछिल्लो संस्करणमा प्रदर्शन गरिएको थियो । नयाँ मोटरसाइकलको मूल्य तीन लाख ९९ हजार नौ सय रुपैयाँ तोकिएको छ ।

‘नेपालमा अफरोड सेग्मेन्टको उल्लेखनीय विस्तार भइरहेको छ । हामी यामाहा लाइनअपमा अफरोड मोटरसाइकललाई पनि ल्याउन चाहन्थ्यौं । हामीलाई विश्वास छ यामाहा एक्सटीजी १२५ सबैभन्दा उत्तम विकल्प हो,’ एमएडब्लु इन्टरप्राइजेज यामाहा डिभिजनका प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी शाहले भने, ‘हामीलाई आशा छ नयाँ मोटरसाइकलले नेपाली बजारमा यामाहाको अफरोड मोटरसाइकलको मागलाई सम्बोधन गर्नेछ ।’

यामाहा एक्सटीजी १२५ मा १२४ सीसीको एअर कुल्ड, फोर स्ट्रोक, सिंगल सिलिन्डर (एसओएच) इन्जिन रहेको छ जसले ७५०० आरपीएमा अधिकतम १०.२ पीएस पावर र ५५०० आरपीएममा अधिकतम ९।९ एनएम टर्क उत्पन्न गर्छ । यो कार्बुरेटेड मोटरसाइकलमा ५ स्पिडको गियर बक्स र एयर कुलिङ सिस्टम र इलेक्ट्रिक तथा किक स्टार्ट उपलब्ध छ। एक्सटीजी १२५ मा १०.६ लिटरको फ्युल ट्यांक छ जसले गर्दा तपाईं लामो अफरोड यात्रामा निस्किन सहज बनाउँछ। नयाँ एक्सटीजी ब्लु, ब्ल्याक र ह्वाइट गरी तीन आकर्षक कलरमा उपलब्ध हुनेछ।

एक सय १८ केजी वजन भएको एक्सटीजी १२५ को ग्राउन्ड क्लेरेन्स २६० एमएम छ जसले ढुंगा, खोला र अफरोड बाटोको यात्रालाई अझ रोमाञ्चक बनाइदिन्छ । त्यसैगरी, सिट हाइट ८४० एमएम रहेको छ । यसको अगाडि टेलिस्कोपिक सस्पेन्सन छ भने पछाडि मानोक्रस सस्पेन्सन रहको छ । अगाडिको ह्विल २१ इन्चको छ भने पछाडिको १८ इन्चको रहेको छ । दुवै ह्विलमा स्पोक एरेन्जमेन्ट रहेको छ जसले अफरोड यात्रालाई आरामदायी बनाइदिन्छ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: