Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

राष्ट्र बैंक भवनको ठेक्का पप्पुले नपाउने

काठमाडौं, फागुन २३ । नेपाल राष्ट्र बैंकको बालुवाटार भवनको ठेक्का पप्पु कन्स्ट्रक्सनले नपाउने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) ले कम प्रस्ताव गर्नेमध्ये दोस्रो रहेको सिको समानान्तर जेभीलाई ठेक्का दिन लागेको हो । उक्त कम्पनीको प्रस्तावित ठेक्का रकम मूल्य अभिवृद्धि करबाहेक १ अर्ब ८६ करोड २२ लाख ७१ हजार छ ।

इकाईले असारमा भवन निर्माणका लागि टेन्डर आह्वान गरेकामा सबभन्दा कम दररेट प्रस्ताव गरेको पप्पुले असोजमा ठेक्का पाउने निश्चित थियो । तर, विवादित कम्पनीलाई दिन लागिएको भन्दै आलोचना भएपछि निर्णय रोकिएको थियो । त्यसपछि प्राधिकरणले आवश्यक निर्णयका लागि प्रधानमन्त्री कार्यालय पठाएकोमा ६ महिनापछि बल्ल टुंगो लागेको हो । इकाइले फागुन १६ गते गोरखापत्रमा प्रकाशित गरेको सिको समानान्तरको ठेक्का स्वीकृत गर्ने ७ दिने आशयको सूचनाको म्याद बिहीबार सकिएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: