Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

युरोपा लिगको प्रिक्वार्टरफाइनलमा चेल्सी र नापोलीको सानदार जित

एजेन्सी, ( युरोपा लिग फुटबलअन्तर्गत प्रिक्वार्टरफाइनलको पहिलो लेगमा इङ्लिस क्लब चेल्सी र इटालियन क्लब नापोलीले जित हात पारेका छन् । बिहीबार राति भएको खेलमा चेल्सीले युक्रेनको क्लब डाइनामो किभलाई ३–० गोलले हरायो । घरेलु मैदानमा चेल्सीलाई जिताउन पेड्रो रोड्रिग्वेज १७ औं मिनेटमा खाता खोलेका थिए । विलियनले ६५ औं मिनेटमा र क्यालम हड्सन ओडोईले ९० औं मिनेटमा एक एक गोल गरे ।

 

अर्को खेलमा नापोलीले अष्ट्रियाको साल्जवर्गलाई ३–० गोलले पराजित ग(यो । नापोलीको घरेलु मैदानमा भएको एक पक्षीय खेलमा नापोलीका लागि अर्काडिउस मिलिकले १० औं र फावियन १८ औं मिनेटमा गोल गरेका थिए । अर्को साल्जवर्गका जेरोमे अनग्वीनेबाट ५८ औं मिनेटमा आत्मघाती गोल भएको थियो ।

युरोपा लिग फुटबलअन्तर्गत बिहीबार राति नै भएको अन्य खेलमा इङ्लिस क्लब आर्सनल फ्रेन्च क्लब रेनेससँग ३–१ गोलले पराजित भएको छ । रेनेसको घरेलु मैदानमा भएको खेलमा आर्सनलले चौथो मिनेटमै अलेक्स इओवीको गोलमा अग्रता लिएको थियो ।

तर, ४१ औं मिनेटमा आर्सनलका स्कार्टिज दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएपछि आर्सनल कमजोर बनेको थियो । त्यसपछि रेनेसले तीन गोल ग(यो । रेनेसका बेन्जामिन बोरिग्वेडले ४२ औं मिनेटमा बराबरी गोल फर्काए । ६५ औं मिनेटमा आर्सनलका नाचो मोनरियलले आत्मघाती गोल गरे । ८८ औं मिनेटमा इस्मइला सारले गोलगर्दै रेनेसको जित सहज बनाए ।

युरोपा लिगकै अन्य खेलमा डायनामो जागे्रबले बेन्फिकालाई १–० गोलले हरायो । भिल्लारियलले जेनिथ सेन्ट पिटर्सवर्गलाई ३–१ र भ्यालेन्सियाले एफसी क्रान्सोडरलाई २–१ गोलले हरायो । इन्टर र फ्रान्फर्टले गोल रहित तथा सेभिल्ला र स्लाभिया प्रागले २–२ गोलको बराबरी खेले । दोस्रो लेगका खेलहरु मार्च १४ तारिख हुनेछ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: