Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अनु भन्छिन् ‘अब राष्ट्रिय टिमबाट खेल्दिन’

काठमाडौं, फागुन २४ । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी पुर्व कप्तान अनु लामाले अब राष्ट्रिय टिमबाट नखेल्ने बताएकी छिन् ।

घरेलु मैदानमा आयोजना हुने साफ च्याम्पियनसिपका लागि नेपाली टोलीमा पर्न असफल भएपछि पुर्व कप्तान अनुले राष्ट्रिय टोलीबाट नखेल्ने बताएकी हुन् ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले विराटनगरमा आयोजना हुने साफ च्याम्पियनसिपका लागि सार्वजनिक गरेको अन्तिम २० सदस्यीय टिममा अनु पर्न सकिनन् । राष्ट्रिय टोलीमा पर्न असफल भएपछि खेलपाटीसंग कुरा गर्दै अनुले अब नेपालको जर्सी नलगाउने बताईन् ।

‘मेरो चाहना थियो, घरेलु भुमिमा सुखद् बिदाई लिने तर त्यो भएन । मेरो जुन निर्णय थियो, त्यो पुरा नहुने भएपछि अब म राष्ट्रिय टिमको कुनै पनि खेल खेल्दिन र छनोटमा जादिन,’ अनुले भनिन् । यस्तै अनुले देशमै आयोजना हुने प्रतियोगिता खेल्न सपना पुरा हुन नसकेको समेत बताइन् । ‘देशमै आयोजना हुने प्रतियोगिता खेल्ने मन थियो तर अधुरै रह्यो ।’ उनले थपिन् ।

पछिल्लो समय चोटका कारण अनु राष्ट्रिय टिमबाट बाहिर रहँदै आएकी थिइन् । भारतले आयोजना गरेको हिरो गोल्डकपमा टिममा रहेपनि साफबाट अनु टिम बाहिर रहन पुगिन । फागुन २८ बाट घरेलु भुमिमा हुने पाँचौ संस्करणको साफ च्याम्पियनसिप खेलेर अनुले राष्ट्रिय टोलीबाट सन्यास घोषणा गर्ने तयारी गरेकी थिईन् ।

‘क्लोज क्याममा सत प्रतिशत दिएको हो । तर,मेरो प्रदर्शन प्रशिक्षकलाई जति चाहिने हो त्यति पुगेन त्यसैले बाहिर रहे जस्तो लाग्छ,’ टिममा नपर्नुको कारण खुलाउदै अनुले भनिन्, ‘एन्फाले देशको लागि योगदान दिने खेलाडीलाई सम्मान गर्ने भनेको सुनेको छु । सायद त्यहि दिनबाट म सन्यास लिन्छु होला ।’राष्ट्रिय टिमबाट २४ क्याप जितेकी अनुले ३५ गोल गरेकी छिन् । सन् २००४ मा चीनमा भएको एसियन गेम्सबाट अनुले नेपालको प्रतिनिधित्व गर्दै आईरहेकी थिइन् ।अनुले डेब्यु खेलमा उत्तर कोरियासंग खेलेकी थिईन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: