Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नेकपाको सचिवालय बैठक सकियो, २ घण्टा सिके राउतकै विषयमा छलफल

काठमाडौं, फागुन २४ । सिके राउतलाई पार्टीमा प्रवेश गराउने विषयमा छलफल गर्न बसेको नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा करिब २ घण्टा सिके राउतकै विषयमा विभिन्न कोणबाट छलफल भएको नेकपा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

सिके राउत पृथकतावादी आन्दोलन छोडेर मूल धारको राजनीतिमा आउँछु भन्ने स्वागत योग्य विचार रहेको श्रेष्ठले बताए । उनले भने ‘जसरी सिके राउत मूल धारमा आउँदैछन्, तर सरकारले सम्झौता गर्दा राष्ट्र, राष्ट्रियता र जनतालाई ख्यालगरेर सम्झौत गरिनुपर्छ ।’

तराईमा पृथकतावादी गतिविधिमा लागेका राउत समूहले ‘राजनीतिक मूलधारमा आउने सहमतिको घोषणा’ कार्यक्रम राष्ट्रिय सभागृहमा केहीबेरमा सुरु हुँदैछ ।

राष्ट्रिय सभागृहबाट अध्यक्ष ओली र प्रचण्डसंगै सिके राउतले समेतले सम्बोधन गर्ने प्रचण्डको सचिवालयले जनाएको छ ।

नेकपाका अध्यक्षद्वय सहित शीर्षनेता राष्ट्रिय सभागृह जाँदैछन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: