Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

१३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, बलात्कारी फरार

रौतहट, फाल्गुन २४ । रौतहटको जुगरा नगरपालिका–२ स्थित जंगलसैया साझेदारी वनक्षेत्रमा १४ वर्षीय बालिकामाथि सामूहिक बलात्कार भएको छ । घटनामा संलग्न तीन जना फरार छन् ।

प्रहरीले घटनास्थलबाट संलग्नको मोटरसाइकल बरामद गरेको छ । रौतहटमा तीनदिनयता भएको बलात्कारको यो दोस्रो घटना हो । गरुडाबाट बिहीबार दिउँसो ललाइफकाई ती बालिकालाई जंगलसैयास्थित साझेदारी वनक्षेत्रको खाडलमा लगेर तीनैजनाले पालैपालो बलात्कार गरेका थिए। बालिका कराए पछि गस्तीमा रहेका वनका कर्मचारीले देखेका थिए ।

वन कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । घटनामा संलग्न तीनैजना फरार भएका छन् । घटनाको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय चन्द्रनिगहपुरका प्रहरी निरीक्षक सन्तोष पाठक र प्रहरी चौकी रंगपुरका प्रहरी सहायक निरीक्षक गोविन्द यादवसहितको टोली पुगेर किशोरीलाई उद्धार गरेको थियो ।

घटनास्थलबाट प्रहरीले ना५४प ६४६८ नम्बरको मोटरसाइकल बरामद गरेको छ।

घटनास्थलबाट प्रहरीले बलात्कारमा संलग्न भएकाहरुको पाइन्ट, सर्ट, गन्जी, कट्टु, टाउजर र चप्पल बरामद गरेको छ । त्यस्तै प्रयोग भएका र नभएका कण्डम समेत बरामद भएको प्रहरीले जनाएको छ ।

उद्धार गरिएकी किशोरीले होलीका लागि सामान किनिदिन्छु भनी फकाएर जंगलमा लगेर पालैपालो तीनैजनाले बलात्कार गरेको प्रहरी समक्ष बताएकी छिन् । बालिकाको चन्द्रनिगाहपुर अस्पतालमा स्वास्थ्य परीक्षण गराइएको छ । उनको अवस्था समान्य छ ।

जिल्ला प्रहरीका प्रवक्ता डीएसपी नवीन कार्कीले घटनामा सलंग्नको खोजी भइरहेको जनाएको छ । ‘शंकास्पद ठाउँहरुमा व्यापक प्रहरी परिचालन गरिएको छ’, उनले भने, ‘घटनामा संलग्नहरुको पहिचान भइसकेकोले चाँडै पक्राउ पर्छन् ।’

यसैगरी, चन्द्रपुर नगरपालिका(१ स्थित पौराई ब्रम्हस्थान मन्दिर परिसरभित्र ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका बिरुद्ध प्रहरीले जबरजस्ती करणीको मुद्दा दर्ता गरेको छ ।

मानसिक सन्तुलन ठिक नभएकी ती महिलालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका पौराई गाउँकै ४५ वर्षीय तेजबहादुर खड्कालाई जबरजस्ती करणीको मुद्दा चलाइएको हो । उनले मन्दिर परिसर भित्र जबरजस्ती करणी गरेका थिए । प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । कान्तिपुरबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: