Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

बिसिसिआईको केन्द्रीय अनुबन्धमा २५ खेलाडी, कसले पाए कति रकम?

काठमाडौं, फागुन २४ । खराब फर्ममा रहेका भारतीय ओपनर शिखर धवनलाई भारतीय क्रिकेट नियमनकारी निकाय बिसिसिआईको हालैको निर्णयले निकै ठुलो झड्का लागेको छ।

भारतीय मिडियाहरूमा प्रकाशित समाचार अनुसार बिहिबार बिसिसिआईले सन् २०१९/२० का लागि खेलाडीहरूको वार्षिक अनुबन्धको रकम तोकेको छ। यसपालीको अनुबन्धमा उनको स्थान खस्काइएको छ।

यस अघि ‘ए प्लस’ वर्गमा रहेका धवन यसपालि खस्किएर ‘ए’मा परेका छन्। यसबाट उनलाई वार्षिक अनुबन्धको रकममा दुई करोड भारतीय रुपैयाँको घाटा लाग्नेछ।

यस पटक ‘ए प्लस’ वर्गभित्र कप्तान विराट कोहली, रोहित शर्मा र जसप्रित बुम्राह रहेका छन्। उनीहरूलाई वार्षिक सात करोड भारुमा अनुबन्धित गरिएको हो। बिसिसिआईले यस वर्षको केन्द्रिय अनुबन्धका लागि २५ खेलाडीलाई छनौट गरेको छ।

यस पटक युवा विकेटकिपर र ब्याट्सम्यान ऋषभ पन्तलाई ‘ए’ वर्गमा सामेल गरिएको छ भने खलिल अहमद र हनुमा बिहारीलाई ‘सी’ वर्गमा सामेल गरिएको छ।

जम्मा २५ जना खेलाडी केन्द्रिय अनुबन्धमा पर्दा मुरली विजय, अक्षर पटेल, करुण नायर, जयन्त यादव र पार्थिव पटेल केन्द्रिय अनुबन्धमा पर्न सकेनन् ।

भारतीय समाचार माध्यमहरू अनुसार चार फरक फरक वर्ग अन्तर्गत अनुबन्धित २५ खेलाडी निम्न प्रकार छन्।

ग्रेड ए प्लस : सात करोड :  कप्तान विराट कोहली, रोहित शर्मा र जसप्रीत बुमराह।

ग्रेड ए : पाँच करोड : आर अश्विन, रविन्द्र जडेजा, भुवनेश्वर, चेतेश्वर पुजारा, अजिंक्य रहाणे, एसमएस धोनी, धवन, मोहम्मद शमी, इशांत शर्मा, कुलदीप यादव र पन्त।

ग्रेड बी :  तीन करोड : लोकेश राहुल, उमेश यादव, युजवेंद्र चहल र हार्दिक पंड्या।

ग्रेड सी : एक करोड : केदार जाधव, दिनेश कार्तिक, अंबाती रायडू, मनीष पांडे, हनुमा विहारी, खलील अहमद र ऋद्धिमान साहा।

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: