Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

प्रधानमन्त्री ओलीले भने, ‘सिके राउतमा प्रचण्डको जस्तै निर्णय क्षमता देखे’

काठमाडौं, फागुन २४ । काठमाडौं, फागुन २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले सीके राउतको प्रशंसा गरेका छन् । सरकारसँग ११ बुँदे सहमति गरेर राउतले असाधारण निर्णय क्षमता देखाएको भन्दै प्रधानमन्त्री ओलीले प्रशंसा गरेका हुन् ।

ओलीले यस्तो असाधारण निर्णय क्षमता यसअघि पुष्पकमल दाहाल प्रचण्डमा मात्र देखेको बताए । प्रचण्डले हतियारको राजनीतिबाट चुनावमा सहभागी भएर संविधान बनाउने कामको एक ढंगले अगुवाइ गरी त्यसपछि एमाले र माओवादीबीच एकता गर्नु ठूलो निर्णय क्षमता भएको ओलीले बताए ।

‘राउतमा असाधारण निर्णय क्षमता देखे। त्यस्तो निर्णय क्षमता पुष्पकमल दाहालमा मात्रै देखेको थिए’ प्रधानमन्त्री ओलीले भने, ‘संसद, सरकार, चुनावमा सहभागिता, पार्टी एकता गर्ने कुरामा जो सुकैले यस्तो गर्न सक्दैन, त्यो निर्णय क्षमताले हुन्छ। मैले सिके राउतजीमा पनि यस्तो छाँटकाँट देखे।’

पृथकतावादी आन्दोलन त्यागेर राष्ट्रिय एकताको बाटोमा प्रवेशको घोषणा गर्दै सबैलाई सहयोगका लागि आग्रह गर्नेसम्मको राउतको निर्णय साधारण नभएको उनको भनाइ थियो।

प्रधानमन्त्री ओलीले तराईमा सिके राउतलाई देखाएर स्वार्थको रोटी सेक्ने दिन पनि अब सकिने बताए। देश विखण्डन गर्ने कुरामा कसैसँग पनि सहमति हुन नसक्ने भन्दै उनले देश टुक्र्याउने कुरा आजबाट समाप्त भएको बताए।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: