Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

वान डे सिरिजः अफगानिस्तान २२३ रनमा समेटियो

काठमाडौं, फागुन २४ । आयरल्याण्ड विरुद्धको एकविदसीय सिरिजको चौथो खेलमा अफगानिस्तानले २२४ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर ब्याटिङको मौका पाएको अफगानिस्तानले ४९.१ ओभरको सम्पूर्ण विकेट गुमाउँदै २२३ रन बनायो ।

उसका लागि मोहम्मद नाबीले ६४, कप्तान अश्गर अफगानले ५४, राशिद खानले ५२, रमत शाहले १५ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकसमेत बटुल्न सकेनन् ।

बलिङमा आयरल्याण्डका जेम्स क्यामरुनले ३, ब्वाइड र्यान्कीन, एन्डी म्याकब्रिनले दुई—दुई, टम मटर्घ र जर्ज डक्रेलले एक—एक विकेट लिए । पाँच खेलको सिरिजमा २ मा अफगानिस्तान र एक खेलमा आयरल्याण्ड विजयी भएको छ । एक खेल भने वर्षाकाकारण रद्द भयो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: