Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सिके राउतसँग सरकारले गरेको सहमतिको कांग्रेसद्वारा स्वागत

काठमाडौं, फागुन २४ । स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सिके राउतसँग सरकारले गरेको सहमतिको नेपाली कांग्रेसले स्वागत गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै सिके राउतको रुपान्तरण र सम्झौता स्वागतयोग्य भएको बताएका छन् । प्रवक्ता शर्माले भनेका छन्, ‘सिके राउतको रुपान्तरण र सम्झौतालाई हार्दिक स्वागत र नेपालको अखण्डताको जगमा आन्तरिक विमतिहरुको शान्तिपूर्ण हल खोज्ने रास्ट्रीय प्रयत्न जायज छ ।’

शर्माले अहिंसा, सद्भाव र सहकार्यबाटै देशलाई अगाडि बढाउनु जरुरी रहेको बताए । ‘अनेक रंगको अतिवादबाट विगतदेखि नै क्रमशः मुक्ति हासिल गरिरहेको देशलाई ‘सबैको र समृद्ध’ बनाउने तीन मन्त्र अहिंसा, सद्भाव र सहकार्य नै हो,’ उनले भने ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: