Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

वान डे सिरिजः अष्ट्रेलियाले बनायो ३१३ रन, लक्ष्य पूरा गर्ला भारत?

काठमाडौं, फागुन २४ । भारत विरुद्धको एकदिवसीय सिरिजको तेस्रो खेलमा अष्ट्रेलियाले ३१४ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर ब्याटिङको मौका पाएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३१३ रन बनायो ।

उसका लागि आश्मान ख्वाजाले १०४, कप्तान आरोन फिंचले ९३, ग्लेन म्याक्सवेलले ४७, मार्कस स्टोइनिसले नटआउट ३१ र एलेक्स केरीले अविजित २१ रन बनाए ।

बलिङमा भारतका कुलदीप यादवले ३ र मोहम्मद सामीले १ विकेट लिए । पाँच खेलको सिरिजमा भारत २-० ले अगाडि छ । आजको खेल भारतले जितेमा २ खेल अगावै सिरिज आफ्नो पक्षमा पार्ने छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: