Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

आयरल्याण्डविरुद्ध अफगानिस्तान १०९ रनले विजयी

काठमाडौं, फागुन २४ । आयरल्याण्ड विरुद्धको एकविदसीय सिरिजको चौथो खेलमा अफगानिस्तान १०९ रनले विजयी भएको छ । अफगानिस्तानले दिएको २२४ रनको लक्ष्य पछ्याउने क्रममा आयरल्याण्ड ३५.३ ओभरका सम्पूर्ण विकेट गुमाउँदै ११४ रन मात्र बनाउन सक्यो । उसका लागि

३ १ ले अफगानिस्तानले जितेको छ । आज अन्तिम खेलमा १०९ रनले आयरल्याण्डलाई हराउँदै अफगानिस्ताले सिरिज जितेको हो । अन्तिम खेलमा केभिन ओब्रायनले २६, कप्तान विलियम पोर्टरफील्डले २१, सिमि सिंहले २१, पल स्ट्रर्लिङले ११ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकसमेत बटुल्न सकेनन् ।

बलिङमा अफगानिस्तानका अफ्ताब आलमले ४, मुजिबर रहमान, राशिद खानले दुई–दुई, गुलबिन्दन नाइब र मोहम्मद नाबीले एक–एक विकेट लिए । यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तानले ४९.१ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २२३ रन बनायो ।

उसका लागि मोहम्मद नाबीले ६४, कप्तान अश्गर अफगानले ५४, राशिद खानले ५२, रमत शाहले १५ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकसमेत बटुल्न सकेनन् ।

बलिङमा आयरल्याण्डका जेम्स क्यामरुनले ३, ब्वाइड र्यान्कीन, एन्डी म्याकब्रिनले दुई—दुई, टम मटर्घ र जर्ज डक्रेलले एक—एक विकेट लिए । आजको हारसँगै आयरल्याण्ड पाँच खेलको सिरिजमा २—१ ले पछि परेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: