Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

काम लागेन विराटको शतक, अष्ट्रेलियासँग भारत पराजित

काठमाडौं, फागुन २४ । भारतविरुद्धको एकदिवसीय सिरिजको तेस्रो खेलमा अष्ट्रेलिया ३३ रनले विजयी भएको छ । अष्ट्रेलियाले दिएको ३१४ रनको लक्ष्य पछ्याएको भारतले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २८१ रन मात्र बनाउन सक्यो । उसका लागि कप्तान विराट कोहलीले १२३ रन बनाए । उनले १६ चौका र एक छक्काको मद्दतमा सो रन बनाएका हुन् ।

यस्तै, विजय शंकरले ३२, महेन्द्रसिंह धोनी, केदार जाधवले २६-२६, रविन्द्र जडेजाले २४, रोहित शर्माले १४, अम्बाती रायडूले २, शिखर धवनले १, कुलदीप यादवले १० र मोहम्मद सामीले ८ रन बनाए । बलिङमा अष्ट्रेलियाका एडम जाम्पा, जय रिचडसन, म्याट कमिन्सले तीन-तीन, नाथन लायनले एक विकेट लिए ।

यसअघि, टस हारेर ब्याटिङको मौका पाएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ११३ रन बनायो । उसका लागि उश्मान ख्वाजाले १०४, कप्तान आरोन फिंचले ९३, ग्लेन म्याक्सवेलले ४७, मार्कस स्टोइनिसले नटआउट ३१ र एलेक्स केरीले अविजित २१ रन बनाए ।बलिङमा भारतका कुलदीप यादवले ३ र मोहम्मद सामीले १ विकेट लिए । आजको जितसँगै अष्ट्रेलियाले ५ खेलको सिरिजमा १ खेलमा जित निकालेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: