Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

वान डे सिरिजः अष्ट्रेलिया विरुद्धको २ खेलमा धोनीलाई विश्राम

काठमाडौं, फागुन २५ । अष्ट्रेलिया विरुद्धको एकदिवसीय सिरिजको अन्तिम दुई खेलमा भारतले पूर्व कप्तान तथा विकेटकिपर महेन्द्रसिंह धोनीलाई विश्राम दिएको छ । राँचीमा गएराति सम्पन्न तेस्रो एकदिवसीयपछि धोनीलाई आगामी दुई खेलका लागि भने विश्राम दिइएको हो ।

उनको स्थानमा ऋषभ पन्तले विकेटकिपिङ्ग गर्नेछन्। पाँच खेलको सिरिजमा भारत २ १ ले अगाडि छ । भारतले अष्ट्रेलियाविरुद्ध १० मार्चमा मोहाली र १३ मार्चमा नयाँ दिल्लीमा खेल्नेछ।

आउँदो अक्टोबरसम्म भारतको कुनैपनि देशविरुद्ध श्रृंखला नभएकाले धोनीले विश्वकप बाहेक अन्तिम खेल खेलेको हुनसक्ने अनुमान गरिएको छ। इग्ल्याण्ड र वेल्समा आउदो मे ३० तारेखदेखि जुलाई १४ सम्म हुने विश्वकपमा भने धोनी भारतीय टिमको सदस्य हुनेछन्।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: