Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

हिम पहिरोमा पुरिएर मनाङमा २ जनाको मृत्यु

मनाङ, फागुन २५ । हिम पहिरोमा पुरिएर मनाङको निस्याङ गाउँपालिका–१, क्याङ्दीमा दुई जनाको मृत्यु भएको छ । अन्नपूर्ण पदयात्रामा निस्किएका धादिङका अजय ढकाल र नेदरल्याण्डका भिनसेन्ट ब्लुमको हिम पहिरोमा पुरिएर दुईजनाको मृत्यु भएको हो ।

हिउँले पुरिएको अवस्थामा ढकालको शुक्रबार साँझ र ब्लुमको शनिबार बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ । ढकाल ट्रेकिङ गाइड हुन् ।

पोस्टमर्टमका लागि दुवै जनाको शव हेलिकप्टरबाट काठमाण्डौ पठाएको प्रहरी निरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: