Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

किन स्थगित भयो नेपाल र मलेसियाबिचको मैत्रिपूर्ण खेल?

काठमाडौं, फागुन २५ । नेपाल र मलेसियाबीच हुने भनिएको मैत्रीपूर्ण खेल स्थगित भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले मैत्रीपूर्ण खेलका लागि मलेसियालाई अनुमति नदिएपछि खेल स्थगित भएको हो ।

यसअघि, मलेसियासँगको मैत्रिपूर्ण खेल २६ मार्चमा हुने तय गरिएको थियो । नेपालले मैत्रिपूर्ण खेल मलेसियाकै मैदानमा खेल्ने तयारी गरेको थियो ।

मैत्रीपूर्ण खेलका लागि एएफसीले अनुमति दिए पनि एक महिनामा तीन मैत्रिपूर्ण खेल खेल्न नपाउने फिफाको प्रावधान अनुसार अनुमति नपाएको मलेसिया फुटबल संघले पत्रमा जनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: