Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

कार र ट्रक ठोक्किँदा एकै परिवारका १० जनाको मृत्यु

एजेन्सी । भारतको झारखण्डमा कार र ट्रक आपसमा जुधेर भएको दुर्घटनामा परी कम्तीमा १० जनाको मृत्यु भएको छ । झारखण्डको राजधानी राँचीदेखि ४७ किलोमिटर टाढा रामगार्ह जिल्लाको राजमार्गमा शनिबार दुर्घटना भएको अधिकारीहरुले बताएका छन् ।

मालबाहक ट्रकसँग ठोक्किएको कारमा रहेकाहरु एकै परिवारका रहेको बताइएको छ । मृत्यु भएका १० जनामध्ये तीन जना महिला र दुई जना बालबालिका छन् ।

पारिवारिक धार्मिक कार्यक्रममा सहभागी भएर फर्किदै गर्दा दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । घटनाका बारेमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: