चैतपछि खुला दूध बिक्री गर्न नपाइने

पाल्पा, फागुन २५ । सरकारले जारी गरेको दूध तथा दुग्धजन्य पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका चैत ४ गतेदेखि पाल्पामा पनि लागू हुने भएको छ।

निर्देशिका लागू भएपछि खुला प्लाष्टिकमा दूध बिक्री गर्न पाइने छैन। निर्देशिका अनुसार डेरी उद्योगले खुला तथा प्रशोधित नगरिएको दूध बिक्री गर्न प्रतिबन्ध लगाइएको छ। अबका दिनमा दूध डेरी उद्योगले लेवलिङ गरेको दूध मात्र बिक्री वितरण गर्न पाउने छन्। निर्देशका पारित भएको ६ महिनापछि अनिवार्य रूपमा लागू हुने भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पाल्पाले दूध उत्पादक, संकलनकर्ता, दूध संकलन सहकारी, ढुवानीकर्ता, चिस्यान केन्द्र, दूध बिक्रेता तथा डेरी उद्योग, उपभोक्तावादी संघसंस्थाबीच छलफल गरेको छ।

याे पनि पढ्नुस  विद्यालयमा छात्राहरुलार्इ सेनेटरी प्याड वितरण

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पाल्पाले खाद्य स्वच्छता तथा दूधजन्य खाद्य पदार्थसम्बन्धी कार्यक्रममा जिल्लाका सरोकार निकायसंँग उपभोक्तालाई स्वच्छ तथा गुणस्तरीय दूध वितरण गर्ने विषयमा छलफल गराएको हो।

कमेन्ट गर्नुहोस्