Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

पत्रकार खड्का र बेघा पुरस्कृत

उर्लाबारी, फागुन २५ । मोरङको पथरी घर भएर हाल विदेशमा रहेका दुई युवाले स्थापना गरेको सूर्यबहादुर सोम्याहाङ राई र जगतबहादुर सम्बाहाम्फे स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार तेजन खड्का र फिपराज बेघा पुरस्कृत भएका छन् ।

पुरस्कृत पत्रकार खड्का र बेघालाई कार्यक्रमका प्रमुख अतिथि पथरीशनिश्चरे नगरका प्रमुख दिलिप राई र पुरस्कार छनौट समितिका संयोजक धनकुमार तामाङले सम्मान पत्र र नगद हस्तान्तरण गरे ।

पुरस्कारको राशी नगद समान १० हजार १ रुपैयाँ छ । पत्रकार खड्का रातोकलम डटकमका प्रधान सम्पादक र बेघा साइनोखबर डटकमका सम्पादक हुन् ।

सो पुरस्कार बुद्ध युथ क्लबको आयोजनामा जारी चौथो नगर वडा कप नकआउट फुटबल प्रतियोगिताको फाइनल खेलको अवसरमा आज हस्तान्तरण गरिएको हो । विदेशमा रहेका मोरङ पथरीका दुई युवाले पत्रकारिता पुरस्कारका लागि १ लाख रूपैयाँको अक्षयकोश स्थापना गरेका हुन् ।

पथरीशनिश्चरे–१ का अजय सेनले आफ्ना हजुरबुवा स्व. सूर्य बहादुर सोम्याहाङ राई र पथरीशनिश्चरे–७ मा बसोबास गर्दै आएका हाल क्यानडामा रहेका मनिष सम्बाहाम्फेले आफ्नो बुवा स्व. जगत बहादुर सम्बाहाम्फेको स्मृतिमा सो पत्रकारिता पुस्कारको अक्षयकोषको स्थापना गरेको पुरस्कारका संरक्षक गोपाल काफ्लेले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: