Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

पीएसएलः सन्दीपको टिमले टस जितेर बलिङ रोज्यो

काठमाडौं, फागुन २५ । पाकिस्तान सुपर लिग (पीएसएल) अन्तर्गत इश्लामाबाद युनाइटेड विरुद्धको खेलमा सन्दीप लामिछाने आवद्ध लाहोर कलन्दर्सले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि कराँचीमा शुरु हुँदैछ ।

प्लेअफमा पुग्नका लागि सन्दीपको टिमलाई आजको खेल जित्नै पर्ने दबाब छ । यदि इश्लामाबादसँगको खेल हारेमा लाहोरको अगाडिको यात्रा लगभग समाप्त हुनेछ । अहिले सन्दीपको टिम अंक तालिकामा पाँचौं स्थानमा छ ।

उसले ८ खेलमा ५ मा हार र ३ खेलमा मात्र जित निकाल्न सफल भएको छ । इश्लामावाद भने ९ खेलमा ४ मा जित र ५ मा हार बेहोर्दै अंक तालिकाकाे तेस्रो स्थानमा छ ।

यी दुई टिमबीच अहिलेसम्म ५ पटक भिडन्त भएको छ । जसमा २ मा लाहोर र २ खेलमै इश्लामाबाद विजयी भएको छ । एक खेल भने टाई भएको थियो । आजको खेलमा को–कोले पाए मौका? हेर्नुस्–

कमेन्ट गर्नुहोस्

%d bloggers like this: