Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

पीएसएलः पहिलो ओभरमै सन्दीपले लिए विकेट !

काठमाडौं, फागुन २५ । पाकिस्तान सुपर लिग (पीएसएल) अन्तर्गत इश्लामाबाद युनाइटेड विरुद्धको खेलमा सन्दीप लामिछानेले पहिलो ओभरमा नै विकेट लिन सफल भएका छन् । उनले आफ्नो पहिलो ओभरको दोस्रो बलमा फिलीप साल्टकाे विकेट लिन सफल भए।

सन्दीप आवद्ध लाहोर कलन्दर्सले पहिलो ओभरको पहिलो बलमै विकेट लिन सफल भयाे । पहिलो विकेट शाहीन शाह अफ्रिदीले लिए । यद्यपि, इश्लामाबादका ब्याट्सम्यानले बिस्फोटक ब्याटिङ गरेका छन् । इश्लामाबादका क्यामरुन डेलपर्टले उत्कृष्ट ब्याटिङ गरेका छन् । यो समाचार तयार पार्दासम्म उनले २१ बलमा ४७ रन प्रहार गरेका छन् ।

प्लेअफमा पुग्नका लागि सन्दीपको टिमलाई आजको खेल जित्नै पर्ने दबाब छ । यदि इश्लामाबादसँगको खेल हारेमा लाहोरको अगाडिको यात्रा लगभग समाप्त हुनेछ ।

अहिले सन्दीपको टिम अंक तालिकामा पाँचौं स्थानमा छ । उसले ८ खेलमा ५ मा हार र ३ खेलमा मात्र जित निकाल्न सफल भएको छ । इश्लामावाद भने ९ खेलमा ४ मा जित र ५ मा हार बेहोर्दै अंक तालिकामा तेस्रो स्थानमा छ । यी दुई टिमबीच अहिलेसम्म ५ पटक भिडन्त भएको छ । जसमा २ मा लाहोर र २ खेलमै इश्लामाबाद विजयी भएको छ । एक खेल भने टाई भएको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: