Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

धादिङमा १०५ किलो चरेससहित ३ जना पक्राउ

धादिङ, फागुन २६ । धादिङमा प्रहरीले एक सय पाँच किलो चरेससहित तीनजना पक्राउ गरेको छ । काठमाडौंबाट विरगञ्जका लागि छुटेको ना ५ ख २८१२ नम्बरको बसमा लुकाइ राखेको एक सय पाँच किलो चरेससहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक नवराज ढुङगेलका अनुसार पक्राउ पर्नेमा बस चालक विरगञ्ज ८ का लालबहादुर शाह, बाराको करैयामाई गाउँपालिका ७ का अनिल चौधरी र बिन्दबासिनी गाउँपालिका ३ का श्रीराम साह रहेका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: