सार्वजनिक बिदाको दिन बिना पास जथाभावी सरकारी गाडी चलाउने ६३ कारबाहीमा

काठमाडौं, फागुन २६ । काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिन सरकारी गाडी चलाउने ६३ जना कारबाहीमा परेका छन् ।

शुक्रबार र शनिबार बिनापास विभिन्न सरकारी कार्यालय तथा संस्थानका गाडी चलाउनेलाई कारबाही गरिएको काठमाडौं महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जयराज सापकोटाका अनुसार नारी दिवसका दिन शुक्रबार सरकारी गाडी दुरुपयोग गर्ने २९ जना र शनिबार ३४ जना कारबाहीमा परेका हुन् । काठमाडौं, ललितपुर र भक्तपुर गरी यतिको संख्यामा कारबाही गरिएको हो । कारबाही अन्तर्गत त्यसदिन साँझ ५ बजेसम्म गाडी होल्ड गरिएको उनले बताए ।

याे पनि पढ्नुस  बैंकबाट अरुको रकम चोर्ने दुई बुल्गेरियन पक्राउ

‘मलाई लाग्छ पछिल्लो समय यो सबैभन्दा बढी कारबाही हो,’ एसपी सापकोटाले भने, ‘सार्वजनिक बिदाका दिन सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग अनुमति लिएर मात्र सरकारी गाडी चलाउन पाइन्छ।’ सार्वजनिक बिदाका दिन सरकारी गाडी दुरुपयोग नहोस् भनेर यस्तो कारबाही गर्ने गरिएको ट्राफिक महाशाखाले जनाएको छ । नेपालखबरबाट

कमेन्ट गर्नुहोस्