Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

कोलम्बियामा विमान दुर्घटना, चालकसहित १२ जनाको मृत्यु

काठमाडौ‌ फागुन २६ । शनिबार राती लासेर एइरेओ एयरलाइन्सको डगलस डीसी–३ विमान कोलम्बियाको विल्लाभिसेन्सिओ शहरको दक्षिण–पूर्वी भूभागमा दुर्घटनाग्रस्त भएको त्यहाँको उड्डयन प्राधिकरणले जनाएको छ ।

दुर्घटनामा तरैरा नगरपालिकाका मेयर, उनका पति र छोरी, विमान चालक र सह–चालक, एक उड्डयनविद् लगायतको मृत्यु भएको छ । कोलम्बियाका राष्ट्रपति इवान डकले दुर्घटनामा ज्यान गुमाएका परिवारप्रति समवेदना प्रकट गरेका छन्।

कोलम्बियाका आपतकालिन नागरिक रक्षाका अधिकारीका अनुसार विमान इन्जिन फेल भएको कारण दुर्घटना भएको हो । विमान सन जोसे डेल गुएभिएरे शहरबाट विल्लाभिसेन्सिओका लागि उडेको थियो ।

दुर्घटनाको कारण पनि पत्ता लाग्न बाँकी रहेको अधिकारीहरुले जनाएका छन्।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: