Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

टीकापुर घटनाको प्रतिवेदन सार्वजनिक गर्न सभामुख महराको निर्देशन

काठमाडौं, फागुन २६ । टीकापुर घटनाका मुख्य आरोपी भनिएका रेशम चौधरीलाई आजीवन कारावासको सजाय तोकिएको साता दिनपछि सभामुखले घटनामाथि छानबीन आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएका छन् ।

सभामुख महराले प्रतिनिधि सभाको आजको बैठकमा टीकापुर घटनाको छानबिन गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक नहुनुको कारण संसदलाई जानकारी गराउन सरकारलाई निर्देशन दिएका हुन ।

टीकापुर घटनाको छानबिन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा छानबीन आयोग गठन भएको थियो । उक्त प्रतिवेदन हालसम्म पनि सार्वजनिक नभएको भन्दै राजपा सांसदहरुले प्रश्न गरेपछि प्रतिवेदन किन सार्वजनिक नभएको हो भन्ने विषयमा जवाफ दिन सरकारलाई निर्देशन दिएका हुन् ।

आइतबारको बैठकमा राष्ट्रिय जनता पार्टी नेपालले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै संसद बैठक अवरोध गरेपछि सभामुख महराले सरकारलाई जवाफ दिन निर्देशन दिएका हुन् ।

राजपा अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवले सरकारले आफ्नो कमजोरी सार्वजनिक हुने डरले लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरिएको आरोप लगाए । राजपाले उठाएको विषय गम्भीर र विशेष महत्वको रहेको र यसमा संसदको ध्यानाकर्षण भएको भन्दै सभामुख महराले यस विषयमा जवाफ दिन सरकारलाई निर्देशन दिएका हुन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: