Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

डी ककको शानदार प्रदर्शन, श्रीलंकाविरुद्ध शतक प्रहार

काठमाडौं, फागुन २६ । श्रीलंका विरुद्धको एकदिवसीय सिरिजको तेस्रो खेलमा दक्षिण अफ्रिकाका ओपनर क्विन्टन डी ककले शतक प्रहार गरेका छन् । शानदार फर्ममा रहेका उनले ८९ बलमा श्रीलंका विरुद्ध शतक प्रहार गरेका हुन् ।

उनले १०० रन पुर्याउन १३ चौका र २ छक्का प्रहार गरे । जारी सिरिजको पहिलो खेलमा ८१ र दोस्रो खेलमा ९४ रन बनाएका थिए । दोस्रो खेलमा उनी म्यान अफ दि म्याचसमेत घोषित भएका थिए । पाँच खेलको यो सिरिजमा अफ्रिका २—० ले अगाडि छ । आज श्रीलंकाले टस जितेर बलिङ रोजेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: