Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

वान डे सिरिजः शिखरको शानदार शतक, रोहित ५ रनले चुके !

काठमाडौं, फागुन २६ । पछिल्लो समय खराब प्रदर्शनका कारण आलोचनाको तारो बनेका भारतीय क्रिकेट टिमका ओपनर शिखर धवनले अष्ट्रेलिया विरुद्धको एकदिवसय सिरिजको चौथो खेलमा शतक प्रहार गरेका छन् । उनले ९७ बलमा १०२ प्रहार गरेका हुन् । जारी सिरिजको ३ खेलमा सस्तैमा आउट भएका शिखरले आज भने उत्कृष्ट प्रदर्शन गरे । उनले १२ चौका र १ छक्काको मद्दतमा १०२ रन बनाएका हुन् ।

अर्का ओपनर रोहित शर्मा भने शतक बनाउनबाट चुकेका छन् । उनी ९५ रनमा आउट भए । रोहित ९२ बलमा ९५ रन बनाउँदै आउट भएका हुन् । उनलाई जोय रिचडर्सनले पीटर ह्यान्सकम्बको हातबाट क्याच आउट गराए । आज शिखर र रोहितको जोडीले १९३ रनको साझेदारी गर्यो । यो अष्ट्रेलियाविरुद्ध भारतको सर्बाधिक ठूलाे साझेदारी हो । यस्तै, जारी सिरिजको तेस्रो खेलमा अष्ट्रेलियाले पनि भारतविरुद्ध १९३ रनकै साझेदारी गरेको थियो ।

टस जितेर ब्याटिङ रोजेको भारतले यो समाचार तयार पार्दासम्म एक विकेटको क्षतिमा ३२ ओभरमा २०१ रन बनाएको छ । क्रिजमा लोकेश राहुल र शिखर धवन छन् । भारतको टिममा आज ४ र अष्ट्रेलिया टोलीमा २ खेलाडी परिवर्तन छन् । ५ खेलको यो सिरिजमा भारत २—१ ले अगाडि छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: