Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अभिनेत्री निरुता सिंहलाई डेंगु देखा पर्‍यो

काठमाडौं, फागुन २६ । लामो अन्तरालपछि नेपाली चलचित्रमा फर्किएकी अभिनेत्री निरुता सिंहलाई डेंगु रोग देखा परेको छ । चलचित्र ‘क्याप्टेन’को प्रचारप्रसारका लागि केह‍ी समय अगाडि उनी नेपालगञ्ज गएकी थिइन् । त्यही समयमा उनलाई डेंगु भएको हुनसक्ने बताइएको छ ।

लामो समय रुघा खोकी लागिरहने र औषधीले पनि काम नगरेपछि उनी मुम्बई फर्किएकी थिइन् । मुम्बई गएर स्वास्थ्य जाँच गराउँदा डाक्टरले डेंगु भएको बताएका थिए । फागुन १७ गतेबाट प्रदर्शनमा आएको चलचित्र क्याप्टेनको एउटा गीतमा उनको अभिनय छ ।

चलचित्र छायांकनको समयमा पनि आफूलाई सञ्चो नभएको र निकै जाडो हुने गरेको उनले बताउने गरेकी थिइन् । अहिले उनी मुम्बईमा उपचार गराइरहेकी छिन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: