Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

भारतलाई दोस्रो झड्का, शिखर १४३ रनमा आउट

काठमाडौं, फागुन २६ । पछिल्लो समय खराब प्रदर्शनका कारण आलोचनाको तारो बनेका भारतीय क्रिकेट टिमका ओपनर शिखर धवनले अष्ट्रेलिया विरुद्धको एकदिवसय सिरिजको चौथो खेलमा शानदार प्रदर्शन गरेका छन् । उनले ११४ बलमा १४३ रन बनाए । शिखरलाई प्याट कमिन्सले आउट गरे । आज उनले ९७ बलमा शतक पूरा गरेका थिए ।

यस्तै, अर्का ओपनर रोहित शर्मा भने शतक बनाउनबाट चुके । उनी ९५ रनमा आउट भए । रोहित ९२ बलमा ९५ रन बनाउँदै आउट भएका हुन् । उनलाई जोय रिचडर्सनले पीटर ह्यान्सकम्बको हातबाट क्याच आउट गराए ।

आज शिखर र रोहितको जोडीले १९३ रनको साझेदारी गर्यो । यो अष्ट्रेलियाविरुद्ध भारतको सर्बाधिक साझेदारी हो । यस्तै, जारी सिरिजको तेस्रो खेलमा अष्ट्रेलियाले पनि भारतविरुद्ध १९३ रनकै साझेदारी गरेको थियो ।

टस जितेर ब्याटिङ रोजेको भारतले यो समाचार तयार पार्दासम्म ३७ ओभरमा २ विकेट गुमाउँदै २५६ रन बनाएको छ । क्रिजमा लोकेश राहुल र विराट कोहली छन् । भारतको टिममा आज ४ र अष्ट्रेलिया टोलीमा २ खेलाडी परिवर्तन छन् । ५ खेलको यो सिरिजमा भारत २—१ ले अगाडि छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: