Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सिके राउतको स्वागतमा ‘बुलेट प्रुफ’ दस्ता

जनकपुरधाम, फागुन २६ । सरकारसँग ११ बुँदे सहमति गरेर जनकपुर पुगेका ‘स्वतन्त्र मधेश’ गठबन्धनका संयोजक सीके राउतलाई बुलेटप्रुफ ज्याकेट लगाएका सुरक्षा गार्डसहितका समर्थकहरूले भव्य स्वागत गरेका छन् ।

राउतका सुरक्षागार्डहरू पहिलोपल्ट सार्वजनिक रूपमा देखिएका हुन् । उनीहरू यस अघि सिके राउतका सार्वजनिक कार्यक्रमहरूमा समेत देखा परेका थिएनन् ।

आइतबार राउतलाई स्वागत गर्न ८ जना प्रशिक्षित गार्डहरू आएका हुन् । स्वतन्त्र मधेश गठबन्धनका सिरहाका समर्थक दिपेन्द्रकुमार यादवले भने, ‘सीके राउत ज्यू आउँदा भीडभाड नहोस्, अनावश्यक प्रश्न नगरियोस्, सुरक्षा व्यवस्थापन होस् र अप्ठ्यारो नहोस् भनेर सुरक्षा गार्ड खटाइएको छ ।’ उनका अनुसार भीडभाड धेरै हुने ठाउँमा व्यवस्थापन गर्न समस्या समेत हुने गरेको छ ।

सुरक्षा गार्डहरूले प्रहरीजस्तै बुलेट प्रूफ ज्याकेट, टाउकोमा रातो कपडा र स्वतन्त्र मधेश गठबन्धनको झण्डा बाँधेको, मास्कले मुख छोपेको, आँखामा चश्मा लगाएको देखिएको छ । सुरक्षा गार्ड पहिलेदेखि तालिम प्राप्त रहेको नाम नबताउने शर्तमा एक सुरक्षा गार्डले बताए ।

सरकारले सीके राउतसँग राष्ट्रिय अखण्डता सुनिश्चित गर्दै सहमति भएको बताएपनि सीके राउतका कार्यकर्ताले स्वतन्त्र मधेशका पक्षमा झण्डा बोक्नेदेखि नाराबाजी गर्नेसम्मका गतिविधि गरिरहेका छन् । लोकान्तरबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: