Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

दक्षिण अफ्रिकाद्वारा ३३२ रनको लक्ष्य, पूरा गर्ला श्रीलंका?

काठमाडौं, फागुन २६ । श्रीलंका विरुद्धको एकदिवसीय सिरिजको तेस्रो खेलमा दक्षिण अफ्रिकाले ३३२ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको अफ्रिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३३१ रन बनायो ।

उसका लागि क्विन्टन डी ककले १२१, भान डेर डुसनले ५०, कप्तान फाफ डुप्लेसीले ३६, ड्वेन प्रिटोरियसले ३१, डेबिड मिलरले नटआउट ४१ र फेलकवायोले अविजित ३८ रन बनाए ।

बलिङमा श्रीलंकाका इसुरा उडानाले २, लासिथ मलिंगा, कासुना राजिता, कामिन्दु मेन्डीसले एक—एक विकेट लिए । पाँच खेलको सिरिजमा अफ्रिका २—० ले अगाडि छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: