Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

वान डे सिरिजः भारतले दियो अष्ट्रेलियालाई ३५९ रनको लक्ष्य

काठमाडौं, फागुन २६ । अष्ट्रेलिया विरुद्धको एकदिवसीय सिरिजको चौथो खेलमा भारतले ३५९ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३५८ रन बनायो ।

उसका लागि शिखर धवनले १४३, रोहित शर्माले ९५, ऋषभ पन्तले ३६, लोकेश राहुलले २६, कप्तान विराट कोहलीले ७, केदार जाधवले १०, विजय शंकरले २६ रन बनाए ।

बलिङमा अष्ट्रेलियाका प्याट कमिन्सले ५, जय रिचडसनले ३, एडम जाम्पाले एक विकेट लिए । पाँच खेलको सिरिजमा भारतले २—१ ले अग्रता बनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: